कर्णलीमा हिउँ परेपछि चिसो बढ्यो
११ वैशाख, जुम्ला । बुधबार बेलुकाबाट लगातार परेको हिउँपातले कर्णालीका उच्च हिमाली बस्तीमा चिसो बढेको छ । साबिकको कर्णाली अञ्चलमा रहेका मुगु, जुम्ला, कालीको हुम्ला, डोल्फा जिल्लाका अधिकांश बस्तीहरूमा हिउँ पर्दा बस्तीहरू सेताम्मे भएका छन् । चिसो पनि निकै बढिरहेको छ ।
विगतका वर्षहरूमा सबैभन्दा बढी हिउँ पुस, माघ र फागुन महिनामा आउँथ्यो यो वर्ष पुस, माघ र फागुन महिनामा नहिउँ नपानी नपर्दा मानिसको जनजीवनमा सास्ती भएको थियो भने कृषकहरूले लगाएको जै, गहुँ, उवा खडेरीले सुकिसकेका थिए बल्ल वैशाख महिनाको पहिलो सातामा हिजो पानी पर्दा मुगुलगायत अन्य जिल्लामा रहेको उच्च बस्तीहरूमा हिउँ परेको छ । ढिलो भए पनि हिउँ पर्दा अब कृषकहरूलाई बर्खे अन्न बालि लगाउनमा सहज भएको छ ।
धेरै वर्षपछि वैशाख अथात बसन्त रितुमा हिउँ परेको देख्न पाइयो । लामो समयसम्म आकाशबाट पानी नपर्दा तराईको पुस र माघ महिना जस्तो वायु प्रदूषनले आकाशमा लामो समयसम्म तुवाले लागेको थियो धुवा धुलो निकै बढी रहेको थियो हिजो राति परेको हिउँ पानीले बिहीबार आकाश पूर्णरूपमा खुलेको छ । मानिसको स्वास्थ्यमा पनि केही सुधार आउने डाक्टर अजुन भामले बताएका छन् ।
हिजो राति परेको हिमपातले गर्दा सबैभन्दा कृषकहरूलाई फाइदा भएको छ । खेती गर्ने समयमा हिउँ पानी परेको छ र कृषकहरूले लगाएका स्याउ, ओखर, आरुलगायतका फलफूल बिरुवामा फूलफुल्र्ने समय हो । कोदो, मकैलगायत अन्य अन्न बालि लगाउन कृषकहरू खेतबारीमा व्यस्त छन् ।