१९ जेष्ठ २०८०, शुक्रबार

लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा



इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ। बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले। कप्तान विराट कोहलीले अविजित रहँदै ७२ रनको इनिङ्स खेले ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। जितसँगै बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा उक्लेको छ भने चार खेलमा २ अंक जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको