५ आश्विन २०७८, मंगलवार

ओली–नेपाल वार्ता निष्कर्षविहीन



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज (बिहीबार) को दोस्रो छलफल बिना निष्कर्ष सकिएको छ ।

नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन भएको स्रोतले जानकारी दिएको छ । वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम राखेका छन् । हिजो पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

वरिष्ठ नेता नेपालले भने, ‘प्रगति केही भएको छैन’

एमाले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको भेटमा पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति हुन नसकेको बताएका छन् ।

वार्ता सकिएपछि संक्षिप्त कुराकानी गर्दै नेपालले पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन् । ‘बैठक यथास्थितिमै भयो । प्रगति केही भएको छैन,’ उनले भने , ‘विवाद समाधान गर्ने विषयमा कुराकानी अघि बढ्न सकेन ।’
उनले अनुसार प्रधानमन्त्री ओली र आफूबीच फेरि छलफल गर्ने कुराकानी भएको जानकारी दिए । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको