२० जेष्ठ २०८०, शनिबार

चिनियाँ राजदूत बसेको होटेल नजिकै विस्फोट



काठमाडौं पाकिस्तानमा बुधबार राति एक होटलको पार्किङमा बिस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। दक्षिण(पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा भएको बिस्फोटमा परी १२ जना घाइते भएका छन्।

पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको टोली बसिरहेको होटलको पार्किङमा बुधबार राति स्थानीय समयअनुसार सवा दश बजेतिर बिस्फोट भएको हो। पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार बिस्फोटको बेला चिनियाँ राजदूत होटलभित्र थिएनन्।

सुरक्षा स्रोतका अनुसार बुधबार राति राजदूत रोङ पाकिस्तानी सेनाका अधिकारीहरूसँग रात्रीभोज गरेर होटल फर्किन लागेका थिए। उनी होटलमा पुग्नु केहीबेर अघि बिस्फोट भएको हो।

चिनियाँ टोलीका सबै जना सुरक्षित रहेको र ज्यान गुमाउनेहरू सबै पाकिस्तानी नागरिक भएको पुष्टि भएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको