१६ श्रावण २०७८, शनिबार

आज बिहानैदेखि मेघगर्जनसहित बर्षा



काठमाडौं उपत्यकासहित देशका विभन्नि स्थानमा आज बिहानैदेखि मेघगर्जनसहित बर्षा भइरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश–३ हुँदै प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । प्रदेश–२ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशः बागमती, गण्डकी हुँदै अब प्रदेश–१ तिर सर्ने क्रममा छ ।
आज दिनभर देशैभर मौसम खुल्ने सम्भावना छैन ।

वरिष्ठ मौसमविद् मानन्धरका अनुसार प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि रहन्छ । केही दिनयता ठूलो वर्षा नभए पनि पानी परिरहेकाले वायु प्रदूषणको मात्रा केही कम भएको उनको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु