२० जेष्ठ २०८०, शनिबार

२,३५१ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको