१० आश्विन २०७८, आईतवार

कोरोना सङ्क्रमित संख्या आजसम्मकै उच्च, काठमाडौं उपत्यकामा मात्रै ४२९ जना थपिए



१४ भाद्र, काठमाडौं । गएको २४ घण्टमा देशभर १२ सय २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो ।

काठमाडौं उपत्यकामा मात्रै आइतबार ४ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै हालसम्म सङ्क्रमित ३८ हजार ५ सय ६१ पुगेको छ । विगत २४ घण्टामा २० हजार ८ सय २२ जना निको भएर भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसीआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको