१५ मंसिर २०७८, बुधबार

माओवादी केन्द्रको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।  

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक,  वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको