२१ जेष्ठ २०८०, आईतवार

बागलुङको बलेवा क्षेत्रमा १० दिन लकडाउन



पोखरा । बागलुङ नगरपालिकाको एक विद्यालयमा एकै दिन ठूलो संख्यामा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा १० दिन लकडाउन घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातिदेखि लागुहुनेगरी लकडाउन घोषणा गरेको हो ।

विद्यार्थी, शिक्षक र आसपासका समुदायमा एकैदिन ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बसेको एलएमसिसीकोको बैठकले डिसिएमसीलाई लकडाउन गर्न सिफारिश गरेको थियो ।

सोही सिफारिशका आधारमा बागलुङ नगरपालिका १२, १३, १४ वडा क्षेत्रमा मंगलबार रातिदेखि जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए । १० दिन अवधिभर बलेवा क्षेत्रका विद्यालयमात्रै नभई बैंक तथा वित्तीयसंस्थासमेत बन्द हुनेछन् ।  


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको