१ आश्विन २०७८, शुक्रबार

भारतमा थप दुई लाख ५७ हजारमा कोरोना संक्रमण



काठमाडौं– भारतमा दैनिक दुई लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ५६ हजार ९३७ जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २४ लाख ७२ हजार १५० संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ४७२ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३९ लाख ७७ हजार ७१३ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी संक्रमित थपिँदा १६ सयभन्दा बढीको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १७६ सय ५७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ८० हजार ५५० पुगेको छ।

संक्रमितमध्ये एक करोड २१ लाख ३ हजार २२० जना निको भइसकेका छन् भने २० लाख ३० हजार ९४४ सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको