२० मंसिर २०७८, सोमबार

मौसम पूर्वानुमानः पश्चिमी भू–भागमा अपरान्हपछि मेघगर्जन, हावाहुरी र असिनासहितको क्षणिक वर्षा




काठमाडौं – देशको पश्चिमी भू–भागमा आज अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको क्षणिक वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ।

महाशाखाले अपरान्हपछि देशको पश्चिमी भू–भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने जनाएको छ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा अपरान्हपछि मेघगर्जनरचट्टयाङ्गरहावाहुरीरअसिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको