२० श्रावण २०७८, बुधबार

कर्णालीको खाद्य सङ्कट र रैथाने बालीको अवस्था


पदम भण्डारी
१४ भाद्र २०७७, आईतवार

कर्णालीमा राम्रो उत्पादन हुने कोदो, फापर, जौं, आलु, चिनो, मकै, चिनो, कागुनो, कालो र रातो मार्सी धानलगायतका अन्नबालीको उत्पादनमा कमी आउँदा भोकमरीको समस्या समेत बढेको छ । कृषकले पुराना रैथाने बाली लगाउन छाड्दा उत्पादनमा कमी हुँदै परनिर्भरता बढेको छ । कर्णालीमा लगाइने परम्परागत रैथाने अन्नबाली धेरै हदसम्म लगाउन नै छाडिएको छ । स्थानीय स्तरमा उत्पादन हुने अन्नबालीको संरक्षण, विकास र उत्पादन नगरी परनिर्भर बन्नु परेको छ । स्थानीय स्तरमा उत्पादन हुने बाली लगाउन छाडेको र सेतो चामललाई मात्रै खाद्यान्नका रूपमा सोच्ने बानीलाई नहटाएसम्म कर्णालीमा भोकमरी हट्दैन ।

कर्णालीका परम्परागत अन्नबाली लोप हुँदै गएका छन् । कोदो, फापर, जौं, आलु, चिनो, कागुनो, मार्सी, मकैलगायतका परम्परागत अन्नबाली लोप हुँदै जान थालेका हुन् । रोजगारीका लागि विदेशीनेको सङ्ख्या बढ्दै जानु र सेतो चामललाई मात्र खाद्यान्न ठान्ने सोचाइका कारण बाली लगाउने चलन हट्दै गएको हो । कर्णालीमा राम्रो उत्पादन हुने कोदो, फापर, जौं, आलु, चिनो, मकै, चिनो, कागुनो, कालो र रातो मार्सी धानलगायतका अन्नबालीको उत्पादनमा कमी आउँदा भोकमरीको समस्या समेत बढेको छ । कृषकले पुराना रैथाने बाली लगाउन छाड्दा उत्पादनमा कमी हुँदै परनिर्भरता बढेको छ । कर्णालीमा लगाइने परम्परागत रैथाने अन्नबाली धेरै हदसम्म लगाउन नै छाडिएको छ । स्थानीय स्तरमा उत्पादन हुने अन्नबालीको संरक्षण, विकास र उत्पादन नगरी परनिर्भर बन्नु परेको छ । स्थानीय स्तरमा उत्पादन हुने बाली लगाउन छाडेको र सेतो चामललाई मात्रै खाद्यान्नका रूपमा सोच्ने बानीलाई नहटाएसम्म कर्णालीमा भोकमरी हट्दैन । स्थानीय स्तरमा उत्पादन हुने अन्नबाली उत्पादनमा कमी आएको छ । सेतो चामलको आयात प्रतिस्थापन गर्न सकिएन भने कर्णालीमा भोकमरी र खाद्यान्न अभाव भइरहन्छ ।

कर्णालीमा उत्पादन हुने बालीको संरक्षण र प्रवद्र्धन गरेर उत्पादनलाई बढवा दिनुपर्छ । कर्णालीमा तेलहन र नगदे बालीको समेत राम्रो सम्भावना छ । कर्णालीमा राम्रो उत्पादन हुने चिमाथे, मनसुली, रातो मार्र्सी धानलगायत प्रजाति हराउँदै गएको छ । कर्णालीको प्रसिद्ध रातो मार्सी धानसमेत लोपोन्मुख अवस्थामा पुगेको छ । राम्रो उत्पादन हुने अन्नबाली लोप हुने अवस्थामा पुगेपछि कर्णाली झन् परनिर्भर हुने अवस्था छ ।

अझै पनि नेपालका दलित, जनजाति र लोपोन्मुख जातिहरूको बसोवास र निर्भरताको हिसावले वन जङ्गललगायतका ठाउँमा पाइने विभिन्न बालीहरू महत्वपूर्ण खाद्य स्रोतको रूपमा प्रयोग गरिँदै आएको छ । खाद्य तथा पोषण सुरक्षाको दृष्टिकोणले यस्ता रैथाने तथा परम्परागत बाली निकै महत्वपूर्ण हुन आउँछन् । यद्यपि, बदलिंदो सांस्कृतिक, आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका कारण यस्ता बालीहरूको उत्पादन तथा संरक्षण हुन सकेको छैन । अधिकांश विपन्न तथा राज्यको मूलधारबाट पछाडि पारिएका समुदायको बिग्रँदो खाद्य तथा पोषण सुरक्षाको अवस्थालाई सुधार्नको लागि यस्ता हेला गरिएका बालीहरूको महत्व अझै बढ्दै गएको छ ।

परिचय

नेपालका धेरैजसो पहाडि तथा हिमाली क्षेत्रमा पाइने सिस्नुलाई पोषणको हिसाबबाट हेर्दा सबैभन्दा बढी फलाम तत्व पाइने खाद्यवस्तुको रूपमा लिन सकिन्छ । वनपाखा, कान्ला र घरको छेउँछाउँमा पाइने सिस्नु विना कुनै आर्थिक लगानी, विषादी तथा सिँचाइको प्रयोग विना नै उत्पादन हुने बाली हो । प्रचुर व्यवासायिकताको सम्भावना बोकेको भए तापनि यस्ता बालीहरूको पहिचान हुन सकिरहेको छैन ।

हेला गरिएका बाली भन्नाले विशेषगरी स्थानीय बासिन्दाले वर्षैंदेखि प्रयोग गर्दै आएका तर उचित प्रवद्र्धन हुन नसकेका बालीहरूलाई जनाउँछ । प्रचुर सम्भावना भए तापनि अध्ययन, अनुसन्धान तथा विकासको दृष्टि नपुगेका, निश्चित स्थान विशेषमा प्रयोगमा आएका, बाह्य उत्पादनका साधनहरू (जस्तैः रासायनिक मल, विषादी तथा सिँचाइ) को प्रयोग विना नै खेती गर्न सकिने तथा प्रतिकूल जलवायुमा पनि उत्पादन दिन सक्ने यस्ता बालीहरू हेला गरिएका बालीहरूको सूचीमा पर्छन् । उदाहरणका लागि नेपालका धेरैजसो पहाडि तथा हिमाली क्षेत्रमा पाइने सिस्नुलाई पोषणको हिसाबबाट हेर्दा सबैभन्दा बढी फलाम तत्व पाइने खाद्यवस्तुको रूपमा लिन सकिन्छ । वनपाखा, कान्ला र घरको छेउँछाउँमा पाइने सिस्नु विना कुनै आर्थिक लगानी, विषादी तथा सिँचाइको प्रयोग विना नै उत्पादन हुने बाली हो । प्रचुर व्यवासायिकताको सम्भावना बोकेको भए तापनि यस्ता बालीहरूको पहिचान हुन सकिरहेको छैन ।

स्थानीय स्तरमा उपलब्ध हुने यस्ता रैथाने तथा परम्परागत रूपमा उपभोग गर्दै आइएको यस्ता बालीहरूको मूल्य तथा महत्वको बारेमा सम्भावित उपभोक्ताहरूमा जानकारी दिन नसकिएका कारण पनि यस्ता बालीहरूको प्रयोगलाई बेवास्ता गरिएको छ । कतिपय अवस्थामा विकासको सूचकको रूपमा सिस्नु खाने व्यक्ति वा घर–परिवारलाई गरिबीको पहिचान दिने परम्पराले पनि यस्ता खाद्यबालीको प्रयोगमा निकै कमी आइरहेको देखिन्छ । यसले एकतिर स्रोतको संरक्षण जोखिममा परेको छ भने अर्कोतिर समुदायको खाद्य तथा पोषण सुरक्षामा गम्भीर चिन्ता थपेको छ । नेपालमा हेला गरिएका यस्ता बालीहरूमा कोदो, फापर, घैया, उवा, जौं आदि पर्छन् । यस्ता हेला गरिएका बालीहरू या त खेती गर्न अयोग्य जमिनहरूमा पाइन्छ या त वन जङ्गलमा पाइन्छन् ।

नेपालको पहाडी क्षेत्रका वन जङ्गलहरूमा केही वर्ष अगिसम्म प्रशस्त पाइने सिप्लीकान (सम्लियान) नामको औषधीय गुण भएको वनस्पति पछिल्लो समयमा उचित संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । त्यस्तै वन जङ्गलमा पाइने कतिपय प्रजातिका च्याउ, न्यूरो, कुरिलो, वन तरुल, गिठ्ठा, भ्याकुर पनि संरक्षणको अभावमा लोप भइसकेका छन् । हेला गरिएका बालीको अत्यधिक उपयोग गर्ने हो र संरक्षणमा उचित ध्यान नदिने हो भने कालान्तरमा संसारबाटै यस्ता प्रजातिहरूको लोप हुनसक्छ । यसतर्फ सरोकारवाला निकायहरूको उचित ध्यान जान सकिरहेको छैन ।

महत्व

कम खर्चिलो, न्यूनतम श्रम, सीमित साधन र स्रोतको परिचालनबाट यस्ता बालीहरूको उत्पादन तथा संरक्षण गर्न सकिने भएकाले राज्यको मूलप्रवाहबाट पछाडि पारिएका दलित, आदिवासी–जनजाति, महिला तथा बालबालिका, फरक किसिमले सक्षम रहेका र सीमान्तकृत समुदायमा रहेको खाद्य तथा पोषण सुरक्षाका लागि यस्ता बालीहरूको ठूलो महत्व रहेको हुन्छ । यस्ता बालीहरू प्रतिकूल मौसमी अवस्था तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने खालका रहेको हुन्छ । यिनीहरूमा रहेको आनुवंशिक गुण अन्य बाली तथा जातहरूको निर्माण गर्दा महत्वपूर्ण हुन्छन् ।

मुख्य रूपमा हेला गरिएका बालीहरूको महत्व पोषणमा ल्याउने विविधता र लुकेको भोकलाई नियन्त्रण गर्नु नै हो । कम खर्चिलो, न्यूनतम श्रम, सीमित साधन र स्रोतको परिचालनबाट यस्ता बालीहरूको उत्पादन तथा संरक्षण गर्न सकिने भएकाले राज्यको मूलप्रवाहबाट पछाडि पारिएका दलित, आदिवासी–जनजाति, महिला तथा बालबालिका, फरक किसिमले सक्षम रहेका र सीमान्तकृत समुदायमा रहेको खाद्य तथा पोषण सुरक्षाका लागि यस्ता बालीहरूको ठूलो महत्व रहेको हुन्छ । यस्ता बालीहरू प्रतिकूल मौसमी अवस्था तथा जलवायू परिवर्तनसँग जुध्न सक्ने खालका रहेको हुन्छ । यिनीहरूमा रहेको आनुवंशिक गुण अन्य बाली तथा जातहरूको निर्माण गर्दा महत्वपूर्ण हुन्छन् । उदाहरणका लागि जङ्गली च्याउमा रहेको सुक्खा सहन सक्ने आनुवंशिक गुण व्यवसायिक खेती गरिने च्याउमा जातीय विकासको क्रममा राख्न सकियो भने विकास गरिने व्यवसायिक जात सुक्खा समयमा पनि उत्पादन दिन सक्ने खालको बनाउन सकिन्छ । त्यस्तै सुक्खा सहन सक्ने, रोग, किराको प्रकोप सहन सक्ने स्थानीय रूपमा खेती गरिएको गहुँको जात र व्यवसायीक रूपमा खेती गरिने गहुँको जातबाट विशेष खालको गहुँको बिउ विकास गर्न सकिन्छ । बाली प्रजननको स्रोतको रूपमा यी विशेष बालीहरू महत्वपूर्ण हुन सक्छन् । नेपालको भौगोलिक र जलवायु विविधता भएको कारणले गर्दा निश्चित समय र स्थानमा मात्र खेती गर्न सकिने जातको विकास सोही स्थानमा भइराखेको रैथाने जातसँगको प्रजनन्बाट मात्र सम्भव हुनसक्छ अन्यथा फरक जलवायु र भौगोलिक अवस्थाका लागि विकास गरिएको जातहरूको प्रयोग गर्नुपर्ने बाध्यता रहन्छ ।

स्थानीय र रैथाने बालीहरू जसको उचित अध्ययन अनुसन्धान र विकास भइरहेको छैन, यिनीहरू नै हेला गरिएका बालीहरू हुन र यस्ता बालीहरू किसानको बिउमाथिको अधिकारका लागि पनि आधारशीला हुन् किनकि यी स्रोतहरू नै किसानले युगौंदेखि प्रयोग गर्दै आइरहेका छन् ।

निष्कर्ष

हेला गरिएका बालीहरू गरिब, सीमान्तकृत किसान, प्राकृतिक स्रोत साधनको नजिक रहेका जनजाती, दलित तथा रैथाने समुदायको खाद्य तथा पोषण अधिकारका लागि प्रमुख आधार हुन् । यस्ता बालीहरूमाथिको अधिकार भनेको खाद्य अधिकारको सुनिश्चिता र खाद्य सम्प्रभूताको मूल आधार हो । तसर्थ यस्ता बालीहरूको यथोचित अध्ययन, अनुसन्धान र विकास नै अहिलेको प्रमुख आवश्यकता हो । यसका लागि नेपाल कृषि अनुसन्धान तथा विकास कोष, नेपाल कृषि अनुसन्धान परिषद्लगायतका निकायहरू जातीय अनुसन्धान, खेती गरिने तरिकाको अनुसन्धानका साथै बिउ उत्पादन तथा प्रचारप्रसार आवश्यक हुन्छ । त्यसैगरी विभिन्न विश्वविद्यालय तथा प्राविधिक तालिम केन्द्रहरूमा पनि बालीहरूको अध्ययन, अनुसन्धान र छलफललाई महत्वका साथ उठाइनु पर्दछ ।

नेपाल मानव विकास प्रतिवेदन–२०१४ मा कर्णालीलाई सबै दृष्टिबाट मुलुककै सबैभन्दा पछाडि परेको क्षेत्र भनिएको छ । भोकमरी, महामारी, भौगोलिक विकटताजस्ता भयावह विषय र घटनाका बेलामात्र मुलुकको ध्यान कर्णालीमा जान्छ ।

कर्णालीकै विशेषतामा आधारित नीति योजना र कार्यक्रम नबन्दासम्म त्यहाँका बासिन्दाले देख्ने र अनुभूत हुने प्रतिफल प्राप्त गर्न सक्दैनन् । कर्णाली अविकसित रहनुमा मूलतः राजनीतिकर्मी, कर्मचारी र गैह्र सरकारी संघ÷संस्थाहरू दोषी छन् । नत्र, उक्त क्षेत्र राज्यले सधैँ उपेक्षा र बेवास्ता गर्ने गरेको छ । भौगोलिक रूपले दुर्गम र विकट भएकाले कर्णाली अर्थात् पुरानो जुम्ला राज्य अविकसित भएको मान्दै आइएको भए पनि वास्ताविकता फरक छ । पर्याप्त राजनीतिक चाहना र इच्छाशक्ति भए भौगोलिक कठिनाइ सजिलै हटाउन सकिन्छ । नत्र अरबका मरुभूमि र हिउँले ढाकिएका डाँडाकाँडा भएको स्विट्जरल्याण्ड, तिब्बतलगायतको प्रगति कसरी हुन सक्थ्यो ? कर्णालीमा पुँजी निर्माण हुन सक्दैन, उद्यम र व्यापार छैन, त्यसकारण गरिबी छ भन्ने अर्थशास्त्रीको तर्क होस् वा घोर अशिक्षा, अन्धविश्वास र गरिबीले त्यहाँको समाज मूलप्रवाहमा सरिक हुन नसकेको भन्ने समाजशास्त्रीको तर्क सबैले कर्णाली र त्यहाँका बासिन्दामाथि नै दोष थुपारेको छ । यो आंशिक सत्य भए पनि वास्तविक सत्य चाहिँ होइन ।

(लेखक भण्डारी कर्णाली क्षेत्रमा विभिन्न विकाससँग सम्बन्धित सङ्घसंस्थाहरूमा विगत दुई दशकभन्दा बढि समयदेखि कार्यरत छन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु