कर्णालीमा खेलकुद महासंघको विशेष भेला भव्य रूपमा सम्पन्न(नामावली सहित)
काठमाडौं, ६ बैशाख । नेपाल खेलकुद महासंघ (नेकोस) को कर्णाली प्रदेश स्तरिय विशेष भेला प्रदेश राजधानी सुर्खेतको शुभ होटलमा भव्य रूपमा सम्पन्न भएको छ । भेला बैशाख ५ गते नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कर्णालीका १० वटै जिल्लाबाट प्रतिनिधिका रूपमा आएका करिव १ सय ५० जना खेलाडि, प्रशिक्षक, खेलप्रेमीहरू उपस्थित सो भेलाले विजय सिंहको नेतृत्वमा नेपाल खेलकुद महासंघको ६५ सदस्यीय कर्णाली प्रदेश कमिटी गठन गरेको छ । काठमाडौंमा २०७७ चैत्र २० र २१ गते सम्पन्न महासंघको विशेष राष्ट्रिय भेलाले अध्यक्षमा विजय सिंह र सचिवमा नरबहादुर बस्नेतलाई चयन गरिसकेको थियो ।
उक्त विशेष भेलामा विशेष अतिथिका रूपमा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य चन्द्र बहादुर शाही, कालिकोट जिल्ला कमिटीका अध्यक्ष विश्वराज बम, मुगु जिल्ला कमिटीका अध्यक्ष धरमबहादुर शाही, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव एवम कर्णाली प्रदेश इञ्चार्ज मोहन शाहीको उपस्थिती रहेको थियो ।
भेलालाई सम्वोधन गर्दै महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले भने, ‘खेलकुदको विकासका लागि राज्यको लगानी अत्यन्तै न्युन रहेकाले महासंघको स्थापना कालदेखि नै कुल बजेटको १ प्रतिशत बजेट खेलकुद क्षेत्रका लागि छुट्याउनु पर्ने माग राख्यौं । म युवा तथा खेलकुद मन्त्री हुँदा खेलकुद क्षेत्रको जम्मा बजेट ५९ करोड मात्र रहेकोमा बढाएर ३ अरब ७ करोड पु¥याए । प्रत्येक आर्थिक वर्षमा हरेक मन्त्रालयको बजेट १० प्रतिशतले वृद्धि गर्नु पर्नेमा खेलकुद क्षेत्रको बजेट हरेक वर्ष करिव १५ प्रतिशतले घटाउँदै लगिएको छ ।’

पौडेलका अनुसार अब महासंघले खेलकुदको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई कम्तिमा १ प्रतिशत बजेट विनियोजन गर्न र खेल पूर्वाधार तयार गर्नका लागि खेल परिषद् तथा इकाई गठन गर्न माग राख्दै ज्ञापन पत्र बुझाई दवाव दिनु पर्ने बताए ।
उक्त भेलामा बोल्दै महासंघका सचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज मोहन शाहीले भने, ‘कर्णाली अल्ट्रा म्याराथुन धावक हरि रोकाया र फुटबलका रोहित चन्दजस्ता सर्वोत्कृष्ठ खेल प्रतिभाहरू जन्माउने हो । उचित अवसरको अभावमा हजारौं हरि रोकाया र रोहित चन्दहरू जस्तै प्रतिभाहरू गुमनाम छन्, महासंघले त्यस्ता प्रतिभाहरूको खोजी गरी उजागर गर्नेछ ।’
कर्णाली प्रदेशमा शाहसिक खेलकुदको लागि अत्यन्तै राम्रो सम्भावना रहेकाले नेपाल सरकारले कर्णालीमा हाई अल्टिच्युड स्पोट्र्स एकेडेमी स्थापना गरी शाहसिक खेलकुदका माध्यमबाट कर्णालीमा विश्वलाई आकर्षित गर्न सकिने सम्भावना रहेको शाहीले बताए ।

अतिथिका रूपमा नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीका उप–सचिव तिर्थराज रोकाया, नेपाल खेलकुद महासंघका सचिवालय सदस्य एवम् कर्णाली प्रदेश सह–इञ्चार्ज विरबहादुर रावत, महासंघका केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इञ्चार्ज अर्जुनजंग शाही, सुर्खेत जिल्ला खेलकुद समितिका अध्यक्ष चन्द्र गिरी, जुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे, युवा संघका केन्द्रीय सचिव जंग रानालगायत महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिती थियो ।
नेपाल खेलकुद महासंघका कर्णाली प्रदेश कमिटी अध्यक्ष विजय सिंहको अध्यक्षतामा भएको उक्त भेलाको सञ्चालन महासंघ केन्द्रीय सचिव एवम् जाजरकोट जिल्ला खेलकुद समितिका अध्यक्ष नरबहादुर बस्नेत (एन.वि.) ले गरेका थिए भने महासंघका कर्णाली प्रदेश सह–इञ्चार्ज विरबहादुर रावतले स्वागत गरेका थिए ।

नव गठित नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको नामावलीः
१) अध्यक्ष– विजय सिंह (सल्यान)
२) उपाध्यक्ष–शंकर घर्तिमगर (सुर्खेत)
३) सचिव–नरबहादुर बस्नेत (जाजरकोट)
४) सह सचिव– प्रेम शाही (दैलेख)
५) कोषाध्यक्ष– निराजन नेपाल (जुम्ला)
६) सचिवालय सदस्य–खेमराज शाही (दैलेख)
७) सचिवालय सदस्य– शंकर बयलकोटी (दैलेख)
८) सचिवालय सदस्य– नगेन्द्र शाही (दैलेख)
९) सचिवालय सदस्य–अनु नेपाली (दैलेख)
१०) सचिवालय सदस्य–नन्दा शाही (दैलेख)
११) सचिवालय सदस्य–शिवराज अधिकारी (सल्यान)
१२) सचिवालय सदस्य– ऋषि बस्नेत (सल्यान)
१३) सचिवालय सदस्य– बसन्त के.सी. (सल्यान)
१४) सचिवालय सदस्य– अमृता चन्द (जाजरकोट)
१५) सचिवालय सदस्य– अर्जुन शाही (जाजरकोट)
१६) सचिवालय सदस्य– मोहन घर्ति मगर (जाजरकोट)
१७) सचिवालय सदस्य– केशव शाही (जाजरकोट)
१८) सचिवालय सदस्य– गणेश रावल (सुर्खेत)
१९) सचिवालय सदस्य– कविर खाँण (सुर्खेत)
२०) सचिवालय सदस्य– नन्दाराम खनाल (सुर्खेत)
२१) सचिवालय सदस्य–फुन्चोक टासी लामा (सुर्खेत)
२२) सचिवालय सदस्य–भिम कुमारी भुसाल (सुर्खेत)
२३) सचिवालय सदस्य– कल्पना रेग्मी (सुर्खेत)
२४) सचिवालय सदस्य– खगराज रोकाया (मुगु)
२५) सचिवालय सदस्य– निमेश खत्री (जुम्ला)
२६) सदस्य– मुक्ति बुढा (रुकुम पश्चिम)
२७) सदस्य– भुपेन्द्र वली (रुकुम पश्चिम)
२८) सदस्य– रामबावु स्वामी (रुकुम पश्चिम)
२९) सदस्य– नरेश पुन (रुकुम पश्चिम)
३०) सदस्य– नमराज न्यौपाने (कालिकोट)
३१) सदस्य– कुशल शाही (कालिकोट)
३२) सदस्य– सुमन विष्ट (कालिकोट)
३३) सदस्य– मुकुन्द न्यौपाने (कालिकोट)
३४) सदस्य– अश्विनी हमाल (मुगु)
३५) सदस्य– नेत्रबहादुर भाम (मगु)
३६) सदस्य– दिपकराज बुढा (मुगु)
३७) सदस्य– भिमबहादुर बुढा (हुम्ला)
३८) सदस्य– धिरज थापा (हुम्ला)
३९) सदस्य– छिरिङ बुढा (हुम्ला)
४०) सदस्य– प्रमोद शाही (दैलेख)
४१)सदस्य– प्रकाश विष्ट (दैलेख)
४२) सदस्य–इश्वर खड्का (दैलेख)
४३) सदस्य– केशर विशुन्के (दैलेख)
४४) सदस्य– रेशमबहादुर शाही (दैलेख)
४५) सदस्य– दिपेन्द्र जैसी (सल्यान)
४६) सदस्य– टिकाराम के.सी. (सल्यान)
४७) सदस्य– सन्तोष विष्ट (सल्यान)
४८) सदस्य–थलबहादुर रावत (सल्यान)
४९) सदस्य– निवराज डाँगी (सल्यान)
५०) सदस्य– सन्तोष के.सी. (जाजरकोट)
५१) सदस्य– गणेश बुढा (जाजरकोट)
५२) सदस्य– धिरेन्द्र रोकाया (जुम्ला)
५३) सदस्य– टोपबहादुर नेपाल (जुम्ला)
५४) सदस्य– लोकबहादुर गुरुङ (सुर्खेत)
५५) सदस्य– लक्ष्मण राणा (सुर्खेत)
५६) सदस्य–नविन गाहा मगर (सुर्खेत)
५७) सदस्य– ललित सुनार (सुर्खेत)
५८) सदस्य– रोहन शाही (सुर्खेत)
५९) सदस्य– कृष्णप्रसाद बराल (सुर्खेत)
६०) सदस्य– भेष भण्डारी (सुर्खेत)
६१) सदस्य– गौरव गुरुङ (सुर्खेत)
६२) सदस्य–मनभुप नेपाली (सुर्खेत)
६३) सदस्य– डोल्पाबाट मनोनित गर्ने
६४) सदस्य– डोल्पाबाट मनोनित गर्ने
६५) सदस्य– डोल्पाबाट मनोनित गर्ने

नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको आज बसेको कर्णाली प्रदेशका १० वटै जिल्लामा इञ्चार्ज र सह–इञ्चार्ज तोकि बैशाख महिना भित्रै सबै जिल्लाको भेला गरेर जिल्ला कमिटीलाई समेत पूर्णता दिने निर्णय गरेको कमिटीका अध्यक्ष विजय सिंहले बताए ।
सुर्खेतको इञ्चार्जमा अर्जुनजंग शाही, सह–इञ्चार्जमा शंकर घर्तिमगर, सल्यानको इञ्चार्जमा विजय सिंह, सह–इञ्चार्जमा शिवराज अधिकारी, जुम्लाको इञ्चार्जमा हरि श्रेष्ठ, सह–इञ्चार्जमा निराजन नेपाल, जाजरकोटको इञ्चार्जमा नरबहादुर बस्नेत, सह–इञ्चार्जमा केशव शाही, दैलेखको इञ्चार्जमा प्रेमबहादुर शाही, सह–इञ्चार्जमा शंकर बयलकोटी, हुम्लाको इञ्चार्जमा धिरज थापा, सह–इञ्चार्जमा छिरिङ बुढा, मुगुको इञ्चार्जमा नेत्र भाम, सह–इञ्चार्जमा दिपकराज बुढा, कालिकोटको इञ्चार्जमा कुशल शाही, सह–इञ्चार्जमा सुमन विष्ट, रुकुम पश्चिममा इञ्चार्ज मुक्ति बुढा, सह–इञ्चार्जमा भुपेन्द्र वलीलाई तोकिएको कमिटीका सचिव नरबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार डोल्पामा इञ्चार्ज र सह–इञ्चार्ज तोकिन बाँकी रहेको छ ।
