१ आश्विन २०७८, शुक्रबार

वर्तमान सरकार बहुमतमै छ, माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ गठनको सम्भावना छैन: देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट गरे ।

‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्, माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएसम्म वर्तमान सरकार बहुमतमै छ’, उनले भने ।

माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा कांग्रेसले सरकार गठन गर्न अग्रसरता लिने उनको भनाइ थियो ।

सभापति देउवाले संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र सङ्ग्रहणीय भएको पनि बताए । कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज/अनुसन्धान अझै गरिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको