१५ मंसिर २०७८, बुधबार

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज: आज नेपाल र मलेसिया भिड्दै



 त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १:१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता मलेसिया भने पहिलो जितको खोजिमा रहनेछ । दरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ ।

तर, घरेलु मैदानमा नेपाललाई जित्न सजिलो भने हुने छैन् । सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो । मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन ।

अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ । हालसम्म नेपाल र मलेसियाबीच ८ खेल भएका छन् । जसमा ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल छन् । ती खेलमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको