२३ जेष्ठ २०८०, मंगलवार

आईपीएल: दिल्लीको दोस्रो जित



काठमाडौँ- दिल्ली क्यापिटल्सले आईपीएलमा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।

मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक जोडेको पन्जाब सातौँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको