६ आश्विन २०८०, शनिबार

मौसम: पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली



काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सोमबार देशका अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबिच साँझपख विशेष गरि पहाडी भेगमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको