२३ जेष्ठ २०८०, मंगलवार

राजधानीमा भीषण हावाहुरी



काठमाडौं- राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि करिब हावाहुरी चलेको हो । हावाहुरीबाट अहिलेसम्म क्षतिको कुनै विवरण नआएको प्रहरीले जनाएको छ । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका थिए ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको