६ आश्विन २०७८, बुधबार

कुखुराको मासुको मूल्य बढेको बढै, प्रतिकिलाे साढे चार सय



काठमाडौं- पछिल्लो समय बजाम कुखुराको मासुको मूल्य अस्वाभाविक रुपमा महंगिएको छ ।गत वर्ष वैशाखमा महिनामा प्रतिकेजी २ सय रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले बढेर ४ सय ५० रुपैयाँ पुगेको छ ।

कुखुराको चल्ला उत्पादन कम भएपछि एक वर्षको अवधिमा बजारमा मासुको मूल्य दोब्ब्र भन्दा बढीले वृद्धि भएको हो ।कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गतेदेखि लामो समयसम्म लकडाउन भएपछि प्यारेन्ट माउ ल्याउन नसक्दा त्यसको असर उत्पादन र मूल्यमा देखिएको हो ।

मुलुक मासु र अण्डामा आत्मनिर्भर भएपनि प्यारेन्ट माउ भने आयात गर्नुपरेको छ ।३० प्रतिशत आन्तरिक उत्पादनले माग धानेपनि ७० प्रतिशत माउ आयात गर्नुपरेको ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।चल्ला उत्पादन कम भएपछि बजारमा लगातार मासुको मूलय वृद्धि भएको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको