७ आश्विन २०८०, आईतवार

कोरोनाबाट १४ जिल्ला बढी प्रभावित, विद्यालयसहित यी क्षेत्र बन्द



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट बढी प्रभावित १४ जिल्लामा शैक्षिक संस्थालगायत बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्न आग्रह गरेको छ ।

आज (बिहीबार) एक सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो । ‘बढी प्रभावित जिल्लाहरुमा विद्यालय मेत बन्द गर्न भनिएको हो’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेखित जिल्लाहरुमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।

‘विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदि स्थलहरुमा सहभागी नभई दिन हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाई दिन हुन’ सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको