१० आश्विन २०७८, आईतवार

मंगलबार कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, ११ जनाको मृत्यु



१६ भाद्र, काठमाडौं । गएको २४ घण्टामा मुलुकभर १ हजार ६९ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा आजै मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मंगलबार थपिएका १ हजार ६९ सहित नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय पुगेको प्रवक्ता गौतमले बताए । त्यस्तै आज मुलुकभर विभिन्न अस्पतालमा उपचाररत ७ सय ६८ जना संक्रमित कोरोना मुक्त भई घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

आज देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्यासहित हालसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । मन्त्रलायका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परिक्षण भएको छ । हालसम्म ७ लाख ५ हजार बढिको पिसिआर परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको