कुम्भमेलामा सहभागी मुख्यमन्त्रीसहित २ हजार बढीमा कोरोना
काठमाडौं : भारतको हरिद्वारमा कुम्भ मेलामा सहभागी भएका २ हजार बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सन्चार माध्यमकाअनुसार पाँच दिनको अवधिमा मेलामा सहभागी २ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
१३ लाख भन्दा बढी भक्तजन सहभाागी रहेको सो कुम्भमेलामा संक्रमित भएकामध्ये केहीको मृत्यु भएको छ । मेलामा सहभागीता जनाउन गएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित भएका छन् ।
उक्त कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पनि सहभागी थिए । पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठककाअनुसार सँगै गएका चारै जनामा संक्रमण देखिएको छैन । मेलामा जानुअघि पीसीआर परीक्षण गरेको फर्किदा पनि परीक्षण गरेको उनले बताए । उनमा संक्रमण नदेखिएको उनले जानकारी दिए । दिल्लीमा रहेका पूर्वराजारानी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।