६ आश्विन २०७८, बुधबार

आज यी जिल्लामा सार्वजनिक बिदा



काठमाडाैं- सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ । सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो ।

सो राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार नै सिरूवा-पावनी पर्व बिहीबार परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको