१४ मंसिर २०७८, मंगलवार

गण्डकी सरकारविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ताकाे तयारी



राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकारविरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी थालेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो (बुधबार) गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज (बिहीबार) अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन् ।

प्रधानमन्त्री केपी ओलीको विकल्पमा नयाँ सत्ता समीकरणको कसरत गरिरहेका दलहरूले गण्डकी प्रदेशबाट नयाँ गठबन्धनको थालनी गरेका हुन् । गण्डकी प्रदेशमा ओली समूहका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई पाखा लगाउँदै कांग्रेस नेतृत्वमा पहिलो वैकल्पिक सरकार बन्ने सम्भावना देखिएको छ ।

केन्द्रमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने औपचारिक निर्णय नै गरेको प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेशमा पनि वैकल्पिक सरकार गठनको पहल थालेको छ । गण्डकीमा नयाँ समीकरणले आकार ग्रहण गरे मुलुक संघीयतामा गएपछि कांग्रेस नेतृत्वको पहिलो प्रदेश सरकार बन्ने छ ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ । गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् । जनमोर्चका ३ जना सांसद छन् । बर्तमान सरकार जोगाउन सरकारलाई जनमोर्चाको समर्थन अनिवार्य छ । यता नयाँ सरकार गठन गर्नका लागि एमाले बाहेक अरु सबै दल मिल्नु पर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको