११ मंसिर २०७८, शनिबार

सभामुखले प्रतिनिधि सभालाई बन्धक बनाएः प्रधानमन्त्री केपी ओली



काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई बन्धक बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सद अधिवेशनको पहलो दिन अध्यादेश पेश गर्न नदिएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सभामुखले निर्णायार्थ पेश नगरेको आरोप पनि लगाउदै सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई नरहेको बताए ।

संविधान, कानुनको मतलब नराखी बलजफति गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस मुखमा ‍पानी हालेर किन चुपचाप बसिरहेको भन्दै प्रश्न पनि गरे । उनले साँठगाँठ गरेर सरकारमा जान खोजिरहेका कारण कांग्रेस नबोलेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले आफूले पार्टी एक गरेर लैजान खोजेको, ज–जसले भागबण्डा मागे दिएको भन्दै आफुलाई नै दलको नेता र सदस्यबाटै निष्काशन गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको