आजदेखि ४०-५९ वर्ष उमेर समूहका नागरिकले खाेप पाउने
काठमाडौं : कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आजदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने भएका छन् । आजदेखि वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।
चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने उनले बताए ।
भेरोसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि लगाइने भएको छ । उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्नेछन्।
चैत २९ गतेसम्म ३१ हजार व्यक्तिले भेरोसेल खोप लगाएको उनले जानकारी दिए। मन्त्रालयको निर्णय अनुसार मंगलबार ९ आज० देखि नै खोप लगाउन सकिने बताइएको छ।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्नेछन्।