२२ जेष्ठ २०८०, सोमबार

पूर्वानुमानः कस्तो रहला दिनभरको मौसम?



मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ।

हाल देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा र देशका धेरै स्थानहरूमा तुवाँलो लागिरहेको महाशाखाले जानकारी दिएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली हुने साथै बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यता, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका केहि भूभागमा तुवाँलोको असर रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको