आइपिएल क्रिकेटः चार रनले पञ्जाबसँग राजस्थान स्तब्ध
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ । राजस्थान रोयल्सलाई चार रनले पराजित गर्दै पन्जाब विजयी भएको हो । २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले सात विकेटको क्षतिमा २१७ रन बनाउन सक्यो ।
उसका लागि कप्तान सञ्जु सामसनले ६३ बलमा ११९ रनको शानदार योगदान गरे पनि हार टार्न सकेनन् । यस्तै जोस बट्लर र रियान परागले समान २५ तथा शिभम् दुवेले २३ रन बनाए । यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा २२१ रन बनाएको थियो ।