१५ आश्विन २०८०, सोमबार

तत्काल शैक्षिक संस्था बन्द नगर्ने सरकारको निर्णय, स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाउँदै



शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निष्कर्षमा सरकारपुगेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिक संस्थालगायत गतिविधि नरोक्ने निर्णय गरेको हो । अझै केही दिन कोरोना संक्रमणको ‘ट्रेन्ड’ हेरेर मात्र यससम्बन्धी थप रणनीति तय गर्ने सरकारको तयारी छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीना साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए। मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो ।

मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो। स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए।

सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको