२१ जेष्ठ २०८०, आईतवार

पश्चिम तथा पहाडी क्षेत्रको मौसममा सामान्य बदली



काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पश्चिम तथा पहाडी क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा सामान्यतया सफा रहने जनाएको छ । स्थानीय वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेका कारण मौसम केही क्षेत्रमा प्रभावित भइरहेको हो ।

अहिले अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानमा तुँवालो लागेको छ । सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।

पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशका केही भू–भागमा तुँवालोको असर रहने छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको