५ आश्विन २०७८, मंगलवार

प्रदेश २ मा खनाल-नेपाल समूहको छुट्टै संसदीय दल



जनकपुरधाम : नेकपा एमालेको विवादको असर प्रदेश २ प्रदेश सभामा पनि देखिएको छ । एमालेको माधव नेपाल समूहले ससंदीय दलको नेता चयन गरेको हो । संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरिएको हो ।  

आज आइतबार प्रदेश सभा परिसरमा रहेको संसदीय दलको कार्यालयमा बैठक बसेर नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली समूहका मण्डललाई हटाएर महतोलाई दलको नेता चयन गरेको हो । भोलिदेखि बस्न लागेको प्रदेश सभा बैठकको पूर्वसन्धायामा नेपाल समूहले जिम्मेवारी हेरफेर गरेको हो । 

उक्त समूहले संसदीय दलको बैठकले रवीन्द्र बैठालाई दलको उपनेता, प्रमुख सचेतकमा सुन्दर विश्वकर्मा र दलका सचेतकमा बेची लुंगेलीलाई चयन गरेको छ । दलको नेता, प्रमुख सचेतक, सचेतक हेरफेर भएको जानकारी नेपाल समूहले सभामुख सरोज कुमार यादवलाई पत्र बुझाएर जानकारी गराइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको