१४ जेष्ठ २०८०, आईतवार

देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । भोलि (सोमबार) नेपाली कांग्रेसको केन्द्रीय समितिकै बैठक बोलाइएको छ ।

केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारीको बैठक बस्न लागेको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको