२२ जेष्ठ २०८०, सोमबार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



गुल्मीमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीदरबार गाउँपालिका (७ मा लु२३प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्ती भन्ने स्थानमा दुर्घटनामा गरेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब ३ मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको