मौसम पूर्वानुमानः पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
काठमाडौं – शनिबार नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।