६ आश्विन २०७८, बुधबार

आहा रारा गोल्डकप फाइनलः संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा



काठमाडौँ : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा गर्दैछन् ।दिउँसो साढे २ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन् ।

फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले पाँच पटकको प्रयासमा फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् ।

संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।

अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।

अफ्रिकनका प्रशिक्षक सिंगे बोरिसले नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको