सामूहिक बलात्कार गरी भागेका ४ अभियुक्त पक्राउ
प्रतिकात्मक तस्बिर ।
ईन्द्र प्रकाश शाह
१४ भाद्र, कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ खैरीफाँटामा १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेर भागेका ४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भाद्र ११ गते राती सामूहिक बलात्कार गरेर भागेका जानकी गाउँपालिका ९ कै दिपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
अभियुक्त चारै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको नायब उपरिक्षक विष्टले बताए ।