२० जेष्ठ २०८०, शनिबार

नयाँ सरकारका गठनको ‘च्याप्टर क्लोज’: कांग्रेसको प्रस्तावमा माओवादी सहमत, जसपाले मानेन



काठमाडौं – नेपाली कांग्रसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ ।

प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया लिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिना निष्कर्ष टुंगियो । नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो ।

बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसप सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए । कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वको नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णयबमोजिम देउवाले औपचारिक रुपमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो । देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो । तर जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन् ।

स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग सम्बोधन गर्न पक्रिया अघि बढाएको छ । यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन ।’

ठाकुरले ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि बताएका थिए । पार्टीमा छलफल भएपछि मात्र यसबारे बोल्ने जानकारी गराएाा थिए । बैठकमा सहभागी जसपाका नेता राजेन्द्र महतोले ओली नेतृत्वको सरकार ढालेर कांगे्रस नेतृत्वमा बनाउन राखिएको प्रस्तावमा आफ्नो पार्टीले सहमति नजनाएको प्रष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको