गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रको कारवाही
नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई पनि कारबाही गरेको छ ।
बिहीबार माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई पत्र पठाउँदै थापालाई दलबाट हटाएको र उनी माओवादी केन्द्रको सांसद नरहेको जानकारी गराएको हो । माओवादीको राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले गृहमन्त्री थापालाई सांसदबाट हटाएको र त्यसको जानकारी संसद सचिवालयलाई दिएको जानकारी दिएका छन् ।
‘गृहमन्त्री थापा माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण उहाँ माओवादीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई गराइसकेका छौं’, उनले भने, ‘शुक्रबार उहाँलाई पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भइसकेको छ ।’ गृहमन्त्री थापा माओवादीका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए ।
यसअघि माओवादीले दल त्याग गरेको भन्दै चार प्रतिनिधि सभा सदस्य र तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिसकेको छ ।
माओवादीले एमालेमा प्रदेश गरेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री, प्रभु शाह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार गौरीशंकर चौधरीलाई पनि कारबाही गर्दै पदमुक्त गरेको थियो ।