२१ मंसिर २०७८, मंगलवार

आइपिएल क्रिकेटः पहिलो खेलमा बैंग्लोर विजयी, मुम्बई दुई विकेटले पराजित



इन्डियन प्रिमियर लिग, आइपिएल २०२१ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ । शुक्रबार बेलुका भएको खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंग्लोरले ८ विकेटको क्षतिमा भेट्टाएको हो । चेन्नईमा भएको खेलमा बैंग्लोरका एबी डी भिल्लियर्सले २७ बलमा ४८, ग्लेन म्याक्सवेलले २८ बलमा ३९ तथा कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मार्को जेनसनले समान दुई–दुई विकेट लिए ।

पहिले ब्याटिङ्ग गरेको मुम्बईले ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका लागि क्रिस लिनले ४९, सूर्यकुमार यादवले ३१, इशान किशनले २८ तथा कप्तान रोहित शर्माले १९ रन बनाए पनि हार टार्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको