६ आश्विन २०८०, शनिबार

आजदेखि आइपीएल क्रिकेट सुरु हुँदै



काठमाडौँ : आजदेखि इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेट सुरु हुँदैछ । पहिलो खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोर भिड्दैछन् । खेल चेन्नेईमा राती पौने ८ बजेपछि सुरु हुनेछ । 

गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर उत्कृष्ट खेलाडीहरु भएका टिम मानिन्छ । साविक विजेता समेत रहेको मुम्बईले अहिलेसम्म चार पटक आइपीएल जित्दा बेंग्लोर भने तीन पटक फाइनल पुगेपनि उपाधिविहिन छ । 


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको