बिस्केट जात्रा नरोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । सर्वाेच्च अदालतले भक्तपुरमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जात्रा रोक्ने भिक्तपुर कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकको निर्णयविरुद्ध दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो ।
गत वर्ष पनि कोरोनाका कारण जात्रा हुन सकेको थिएन भने यस वर्ष पनि रोक्ने निर्णय भएपछि यसविरुद्ध अधिवक्ता राजकुमार सुवालले सर्वाेच्च रिट दायर गरेका थिए । यही चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।