पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आज भारत जाँदै
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह एक धार्मिक कार्यक्रममा भाग लिन भारत जाँदैछन् । हरिद्वार महाकुम्भमा सहभागी हुन भारत जान लागेका उनीसँगै पूर्वरानी कोमलराज्यलक्ष्मभीदेवी शाह पनि जानेछिन् ।
नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्वराजा ज्ञानेन्द्र परिवार आज त्यसतर्फ जान लागेका हुन् । चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजकका तर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्व राज दम्पती त्यस तर्फ जान लागेका हुन् ।