१४ आश्विन २०८०, आईतवार

भारतमा एकै दिन १ लाख २६ हजार कोरोना संक्रमित थपिए



काठमाडौं– भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख २६ हजार ३१५ जनामा कोरोना संक्रमण देखिएको हो।

यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिकामा ७५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६८४ जनाले ज्यान गुमाएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको