पाटन अस्पतालमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु
१४ भाद्र, काठमाडौं । पाटन अस्पतालमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उपचाररत सङ्क्रमितको शनिबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा ललितपुरस्थित पाटनका २९ वर्षीय युवक, भैरहवाका ५७ वर्षीय पुरूष र जलेश्वरकी ६२ वर्षीया वृद्धा रहेको पाटन अस्पातालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।
निर्देशक शाक्यका अनुसार भैरहवाका पुरूषको शनिबार साँझ ७ बजे, जलेश्वरकी वृद्धाको दिउँसो २ बजे र पाटनका युवकको राति १० बजे मृत्यु भएको हो । पाटनका युवक र भैरहवाका पुरूष किड्नीका विरामी थिए । जलेशवरकी वृद्धाको रगतमा समस्या रहेको निर्देशक शाक्यले बताए ।
भैरहवाका पुरूष र जलेशवरकी महिलाको शव व्यवस्थापन गरिएको र पाटनका युवकको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएको छ ।