गण्डकी सरकारबाट बाहिरियो माओवादी
काठमाडौं : गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्।
त्यसलगत्तै चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । प्रदेशसभामा बोल्दै चुमानले अहिलेको राजनीतिक परिस्थितिलाई बिडम्बना पूर्ण भएको बताए । सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई अप्ठेरो परेको उनको भनाइ थियो । यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाएको छ । माथिको झगडाले तल विभाजित हुनु संघीय प्रणालीको भावनाविपरीत रहेको बताए ।