१ असार २०७८, मंगलवार

जेलबाटै रेशम चौधरीले सार्वजनिक गरे ‘पैसा र पावर’ (भिडियोसहित)



२४ चैत्र, काठमाडौं । टिकापुर घटनामा संलग्न रहेको आरोपमा जन्मकैद भोगीरहेका रेशम चौधरीको ‘पैसा र पावर’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार चौधरीको आफ्नै युट्युव च्यानलबाट लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

आफ्नै कहाँनि समेटिएको गीतमा रेशम चौधरीको शब्द र संगीत रहेको छ । गीतको संगीत संयोजन चाँद सिंहले गरेका हुन् । गायिका अनु चौधरीको स्वरमा गीतको भाव थप खुलेको छ ।

लिरिकल भिडियो छायाँकन राज पोखरेल र सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । गीतमार्फत चौधरीले आफु निर्दोष भएपनि पैसा र पावरको दुरूपयोग गरी फसाइएको सन्देश दिएका छन् ।

वि.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको विभत्स हत्या भएको थियो । सो प्रकरणमा आरोपित चौधरीले जिल्ला अदालत कैलालीमा तिन वर्ष जेल सजाय कटाएर थुनामुक्त भइसकेका थिए । तर २०७५ फाुगन २२ गते जिल्ला अदालतले गरेको फैसला उच्च अदालतमा पुगेपछि उच्च अदालत दिपायलले फेरी चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

गीतको भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु