१८ मंसिर २०७८, शनिबार

मौसम पूर्वानुमानः देशभर कहाँ कस्तो ?



काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामन्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको