सदनमा सत्ता र प्रतिपक्षबीच ‘घोचपेच’
काठमाडौं : प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ। सोमबार बैठकको विशेष समयमा भाग लिँदै उनीहरूले आरोपप्रत्यारोप लगाएका हुन्।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सीमोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको बताए।
‘सर्वोच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपर्ने थियो, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिनेरु,’ उनको प्रश्न थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताले गन्तव्य अन्योल बनाएको धारणा राखे।
‘हामी कहाँ जाने भनेर हिँडेका थियौँ, कहाँ पुग्यौँ, हामीले अस्थिरताको सामना गरिरहेका छौँ, यसमा प्रणालीको पनि दोष छ। सरकार परिवर्तन वा नयाँ निर्वाचनबाट मात्र यो समस्या समाधान हुँदैन, त्यसका लागि नयाँ सम्झौता गर्नुपर्छ,’ उनले भने।
नेपाली कांग्रेस सांसद डिला सङ्ग्रौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वसत्तावादी बाटोतर्फ अघि बढेको आरोप लगाइन्। कांग्रेसकै दिव्यराज भण्डारीले उपसभामुखको निर्वाचन नहुँदा वर्तमान सरकारले महिलाको हक हितमा किन चासो दिएन भनी चासो र जिज्ञासा उठेको बताए।
नेकपा एमालेका सांसद पदम गिरीले काठमाडौँवासीको तिर्खा मेटाउने काम सरकारले गरेको तथा विकासका सबै क्षेत्रको गति रफ्तारमा अघि बढिरहेको दाबी गरे। एमाले सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेका थिए।
एमालेकै गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारबाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोध मात्र गरेको बताएका थिए।
‘वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ’ उनले भने।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०की सांसद शशी श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे किन छलफल हुन सकेन भनी प्रश्न गरेकी थिइन्।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विश्व सम्पदाको सूचीमा रहेको चाँगुनारायण मन्दिर पानीको मुहान र बस्ती विस्तारले अप्ठेरोमा परेकाले सरकारले त्यसलाई जोगाउन समयमै ध्यान पर्याुउन आग्रह गरेका थिए।