६ आश्विन २०७८, बुधबार

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता



काठमाडौं : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गर्न सुरु गरेपछि प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो । आजै माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच लुम्बिनी सरकार परिवर्तन गर्ने सहमति भएको थियो । माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । आजको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गर्नुभयो । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उहाले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताउनुभयो । नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको