२१ जेष्ठ २०८०, आईतवार

एमाले निकट खेलकुद महासंघ पुनर्गठन (सूचिसहित)



२२ चैत्र, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको विवाद उत्कर्षमा पुगेका बेला पार्टीको भ्रातृ संगठन नेपाल खेलकुद महासंघ पुनर्गठन भएको छ ।

शुक्रबार सुरु भएको महासंघको भेला शनिबार महासंघका तत्कालीन अध्यक्ष पुरुषोत्तम पौडेलको नेतृत्वमा नयाँ कमिटी बनाएर सम्पन्न भएको छ ।

पुर्नगठन भएसँगै ओली र नेपाल समूह खेलकुद महासंघमा पनि दुई धारमा विभाजित हुने पक्कापक्की जस्तै भएको छ ।

२०६६ सालमा खनाल पार्टी अध्यक्ष हुँदा खेलकुद महाँसंघ स्थापना भएकोले अधिकांश पदाधिकारी र सदस्य खनाल–नेपाल पक्षमा उभिएका छन् । नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको १०४ सदस्यीय केन्द्रीय कमिटीलाई शुक्रबारको भेलाले १९९ सदस्यीय बनाएको छ ।

गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता खारेज गरि दिएपछि केन्द्रीय कमिटी पुनर्गठन गरिएको हो । यस्तै, महासंघले प्रदेश पदाधिकारी पनि चयन गरेको छ ।

भेलाबाट प्रदेश, राष्ट्रिय संघ, उपत्यकामा इञ्चार्ज र सह–इञ्चार्ज, विभाग प्रमुख पनि चयन गरिएको छ । जिल्ला इन्चार्ज पनि तोकिएको छ । जिल्ला इन्चार्जलाई वैशाखभित्र भेला गरि जिल्ला कमिटी गठन गरिसक्न निर्देशन दिइएको छ ।

पदाधिकारीको विवरण हेर्नुहोस् :

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी
अध्यक्षः पुरूषोत्तम पौडेल, बारा
प्रथम उपाध्यक्षः केशव कुमार विष्ट, सुनसरी
उपाध्यक्षः मोहम्मद समिउल्लाह, वारा
उपाध्यक्षः विनोद मैनाली, बाँके
उपाध्यक्षः हरक सिंह धामी, कञ्चनपुर
उपाध्यक्षः रेवती पन्त, सर्लाही
उपाध्यक्षः भरत केसी, दोलखा
उपाध्यक्षः उपेन्द्र पौडेल, काठमाडौं
उपाध्यक्षः वीरेन्द्र श्रेष्ठ, ललितपुर
महासचिवः धर्मकुमार श्रेष्ठ, काभ्रे
उपमहासचिवः बद्री अधिकारी, सिन्धुपाल्चोक
उपमहासचिवः रविन नगरकोटी, मोरङ
सचिवः सकुन्तला नगरकोटी, डेडलधुरा
सचिवः स्वयम्भुराज डङ्गोल, ललितपुर
सचिव: मोहन शाही , दैलेख
सचिव: ईश्वर विडारी, काठमाडौं
सचिव: अर्जुन भक्त राई, खोटाङ्ग
सचिव: प्रदिप यादव, धनुषा
सचिव: रमेश शिवाकोटी, दोलखा


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको